कोरोनामुक्त हुने बढे

काठमाडौँ, ८ जेठ । कोरोना सङ्क्रमणको सङ्ख्यामा खासै कमी आउन नसके पनि निको हुनेको सङ्ख्यामा  भने  सुधार  हुँदै  गएको  छ  ।  गएको २४ घण्टामा थप आठ हजार ६०७ जनामा कोरोना भाइरस  सङ्क्रमण पुष्टि भएसँगै कोरोना निको हुने सङ्ख्यासमेत सात हजार ८९० रहेको छ । एक दिनअघि  बिहीबार छ हजार ५४३ जना सङ्क्रमित निको भएका थिए ।

स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  २२  हजार  ३५३  जनाको  पीसीआर  परीक्षण गर्दा आठ हजार ४०७ जना र ८७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई सय जना गरी कुल आठ हजार ६०७ जना सङ्क्रमित शुक्रबार थपिएका हुन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितहरुसँगै देशभर कुल सङ्क्रमितको सङ्ख्या  चार  लाख  ९७  हजार  ५२  पुगेको  छ  भने तीन लाख ७४ हजार ८३६ जना सङ्क्रमित निको भइसकेका छन् । शुक्रबार कोरोना निको हुने सङ्ख्या सात हजार ८९० रहेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार

इस्लामाबाद, ९ असार । नोबेल पुरस्कारद्धारा सम्मानित मलाला युसुफजाईले बिबाहबारे गरेको टिप्पणीले पाकिस्तानमा तरंग पैदा भएको छ ।भोग पत्रिकामा दिएको

जम्मु काश्मीर, ९ असार । कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित

काठमाडौँ, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन । स्वीडेनको संसदमा