सांसद बस्नेतको १२ बुँदे दृष्टिकोणः देउवाको प्रधानमन्त्रीमा दावी कति संवैधानिक, जायज र उचित ?

काठमाडौँ, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्रीको लागि आह्वान गरेसँगै नेपालको राजनीतिक माहोल तातेको छ । यसै क्रममा राष्ट्रपति भण्डारीले दिनुभएको समय अघि ५ बजे समाप्त भएको छ । जसमा कांग्रेसका सभापति देउवा तथा एमालेका अध्यक्ष केपी ओलीको दावी परेको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले १५३ सांसदको हस्ताक्षर सहित दावी प्रस्तुत गर्नुभएको छ भने देउवाले १४९ सांसदहरुको हस्ताक्षर रहेको भन्दै दावी गर्नुभएको छ ।

यसै प्रशंगमा नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको दृष्टिकोणमा देउवाको दावी कति संवैधानिक, जायज र उचित ? भन्ने प्रश्नमा १२ बुँदामा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा उक्त १२ वटा दृष्टिकोण सार्वजनिक गर्नुभएको हो । जुन यस प्रकार रहेका छन्,

संबिधानको धारा ७६( ५) मा शेर बहादुर देउबाको दाबी कति संबैधानिक,जायज र उचित ?

१) दलिय ब्यबस्थामा आफ्नो दलको नेता र निर्णय विरुद्ध अरुको दलका नेतालाई प्रधानमन्त्री बनाउन सिफारिस गर्न मिल्छ ?

२) सो भन्दा अगाडी कि बैधानिक हिसाबले ४० प्रतिशत संख्या पुर्‍याएर दल बिभाजन गर्नु पर्ला कि आफ्नो दल छाडेर अर्को पार्टी प्रबेश गरेको घोषणा गर्नु पर्ला नि ?

४) दल छाडेको घोषणा गर्दा नैतिक हिसाबले राजिनामा दिने या दलको कार्बाही ब्यहोरेर संसद पद रिक्त हुन्छ त्यस्तो हुँदा हस्ताक्षरको भ्यालु शून्य हुनेछ। यो अबस्थामा सत्ता प्राप्ति फगत २ दिनको घाम छायाँ मात्र हुनेछ।

५)सम्बन्धित पार्टी र संसदीय दलको बहुमतको निर्णय बिरुद्ध हस्ताक्षर गर्नु कुन लोकतान्त्रिक विधि हो ?

६) हस्ताक्षर गरिएका भनिएका दर्जनौ सांसदले आफ्नो हस्ताक्षर किर्ते हो भनेर दाबी गरिरहदां त्यो किर्ते गर्ने देउबा प्रचण्ड र माधब नेपाल फौजदारी कसुरका अभियुक्त ठहरिदैनन ?

७) राम बहादुर थापा बादल देखि टोपबहादुर रायमाझी सम्मलाइ कार्बाही गरेर दलबाट निकालेर संसद निलम्बन गर्ने प्रचण्ड कुन नैतिकताले माधब नेपाल र उपेन्द्र समुहको हस्ताक्षर लिएर गए ?

८) आफुलाई लोकतान्त्रिक आन्दोलनको मसिया ठान्ने कांग्रेस र तेस्का नेता देउवा र रामचन्द्र पौडेलहरु हिजो प्रधानमन्त्रीलाई आर्काको दल फोर्न अध्यादेश ल्याएकोदेखि लोकतन्त्रमा बहुमतको निर्णय नमानेको निरंकुशता,अराजकता र स्वइच्छाचारिता अपनाएको सम्मका आरोप लगाउनु हुन्थ्यो आज आफू पदमा पुग्ने अतृप्त चहानाको लागि एमाले र जसपाका बिद्रोही साँसद बोकेर हिडदा पार्टी र आफ्नो समेत लोकतान्त्रिक छवि कहाँ गयो ?

९) हिजो राष्ट्रपतिको आव्हान पछि उक्त पकृया असंबैधानिक हो भन्दै उहाँलाई महाअभियोग लगाउनु पर्छ भन्ने साथीहरु टाङ्गामुनी पुच्छर हालेर शितलनिबास छिरेको पनि देखियो ।

१०) यसरी अफुले गरेका सबै कुरा मयुर अनि अरुले गरेका सबै कुरा सुङ्गुर भन्ने तरिका केहो बुजिएन ?

११) प्रधानमन्त्री ज्यु, जसपा अध्यक्ष महन्त ठाकुर संसदीयदलका नेता राजेन्द्र महतोले दलिय आधारमा गरेको बहुमतलाइ संबैधानिक र कानुनी चुनौती दिने कुनै ठाउँ भए एउटा कुरा अन्यथा संबिधानको धारा ७६(५) को प्रधानमन्त्री पनि के पी शर्मा ओली नै हो ।

१२) उक्त सरकार कुनै अस्वभाविक कारणले अल्पमतमा परेको पुष्टि भएछ भने धारा ७६(७) अनुसार संसद बिगठन गरेर नयाँ चुनावमा जाने विकल्प नै आजको निकाश हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड