गण्डकीमा मन्त्रीहरूको कार्यविभाजन : कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

गण्डकी, ६ जेठ । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले विनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गर्नुभएको थियो । तत्पश्चात् गरिएको कार्यविभाजनानुसार मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको छ ।

मन्त्री किरण गुरुङलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको थप जिम्मेवारी दिइएको छ भने रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा, जलस्रोत तथा खानेपानी, कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।नरदेवी पुनलाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास र विकास लम्साललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ असार । ब्राजिलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार

नयाँ दिल्ली, ५ असार । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था

नोम पेन्ह, ५ असार । कम्बोडिया सरकारले कृषी विकासका लागि अन्तराष्ट्रिय कोष (आइएफडी)का निर्देशक भारतीय नागरिक कौशिक बरुवालाई राष्ट्रिय सम्मान

जम्मू–कश्मीर, ५ असार । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण