बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ४९ जना घाइते

नवलपरासी, ५ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार आज विहान काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो । घटनास्थलमै मृत्यु भएको ४ जना मध्ये २ जनाको मात्र सनाखत भएको र थप २ जनाको सनाखत गर्ने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा बस्ने २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका वडा ४ बस्ने ३६ वर्षीय धनराज घर्ती रहेको छ ।

दुर्घटनामा परि घाइतेहरुको प्रहरीले उद्दार गरि गम्भीर घाइतेहरुको उपचारका लागि बुटवलका अस्पतालहरुमा पठाएको र अरु घाइतेहरुको बर्दघाटस्थित चिसापानी सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कुल ५८ जना सवार थिए जसमध्ये ४ जनाको मृत्यु भएको, ४९ जना घाइते र ५ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक दोहरी गायक कृष्ण कँडेलको फेसबुक आइडी ह्याक भएको छ । आइडी

काठमाडौँ, १३ वैशाख । फेयरप्ले एपमा आईपीएल २०२३ को अवैध प्रसारणको सम्बन्धमा भारतको महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका

काठमाडौँ, १२ वैशाख । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सीको घर’ले उच्च शो पाएको छ । आजबाट अग्रिम बुकिङ

काठमाडौँ, १२ वैशाख । फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण