नागढुंगा सुरुङमार्गमा आधा कामदारले साइट छाडे

काठमाडौँ, ५ जेठ । निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को दोस्रो लहर देखा नपर्दासम्म आयोजनामा ६ सय ५० भन्दा धेरै कामदार कार्यरत थिए । घरका सदस्य र आफन्तमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै करिब तीन सय कामदारले साइट छाडेर गएका हुन् ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले कोभिड–१९ को दोस्रो लहरले सुरुङमार्ग आयोजनामा आशिंक प्रभाव देखिन थालेको बताए । ‘आयोजनामा कार्यरत ३३ जनामा कोरोना संक्रमण देखिएसँगै कामदारहरू त्रसित भएर साइट छाड्ने बढिरहेका छन्,’ उनले भने, ‘कामदारका घरका सदस्य र आफन्त संक्रमित भएर पनि साइट छाड्ने बढेका हुन् ।’ आयोजना प्रमुख शाक्यले कार्यरतमध्ये ५० प्रतिशत कामदार कोभिड–१९ को मनोवैज्ञानिक त्रासको कारण साइट छाडेर घर गएको बताए । ‘अहिले संक्रमित ३२ जनाको साइटकै आइसोलेसनमा र एकजनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने ।

आयोजनाले साइटमा नै अक्सिजनसहितको मेडिकल सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजना प्रमुख शाक्यले केही कामदारले साइट छाडेर गए पनि अहिलेसम्म सुरुङमार्ग निर्माणको काम भने प्रभावित भइनसकेको दाबी गरे । ‘अहिले पनि सुरुङ निर्माणको काम जारी छ,’ उनले भने, ‘कोभिड महामारीको समय भएकाले कति बेला के हुन्छ भनेर पूर्वानुमान गर्न सकिँदैन । अहिले हामीले कामदारको सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर काम गराइरहेका छौंं ।’

आयोजना प्रमुख शाक्यले कामदारको सुरक्षामा उच्चतम सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण देखिएको बताए । ‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम मात्रै नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’ आयोजनाका अनुसार कोरोना संक्रमण बढेसँगै काठमाडौंतर्फको पहुँचमार्ग, कल्भर्ट लगायतका काम भने प्रभावित भएको छ । अहिलेसम्म मुख्य सुरुङ ९७ मिटर खन्ने काम सकिएको छ । इभाक्युएसन टनेल (सुरुङ) तर्फ भने चार सय मिटर खन्ने काम भइसकेको छ ।

‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम भने केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’ आयोजनाका अनुसार सुरुङ खन्ने र बाहिर खन्ने दुवैतर्फका कामदारमा कोभिड–१९ देखिएको छ । आयोजनाका अनुसार अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति १२ प्रतिशत भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न ५ देशमा फैलिएको जनाएको छ । यो

अपराधीहरू अझै खुल्ला समाजमा छन्: एउटा संस्मरण काठमाडौँ, १२ मंसिर । सन् २००८ को नोभेम्बर २६ तारिखमा मुम्बईमा आतङ्कवादी समूहले आततायी

बेइजिङ, १० मंसिर । चीनको उइगरहरुमाथिको दमन आफ्नो सिमानामात्र सीमित छैन। चीनले सीमाबाहिर पनि उइगरहरुमाथिको दमनलाई विस्तार गरेको उइगर अधिकारवादी

ताइपेई, १० मंसिर । जापानले चीनलाई दक्षिण चीन सागरमा आफ्नो बढ्दो सैन्य गतिविधिमा आत्मसंयम अपनाउन चेतावनी दिएको छ। एक भर्चुअल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021