आजको मौसम पूर्वानुमान

काठमाडौँ, ४ जेठ । हाल अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार पूर्वीमध्य अरब सागरमा बनेको शक्तिशाली सामुद्रिक आँधी ताउ-तेको प्रभाव मंगलबार बिहानदेखि नेपालमा पनि परेको छ । ताउ-ते सामुद्रिक आँधीले हिजो राति जमिनमा प्रवेश गरिसकेको  र त्यसको असर नेपालमा पनि देखिएको जनाएको छ ।

अहिले  देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ-ते को प्रभाव रहेको महाशाखाले जनाएको छ । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । 

देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेले सर्वोच्च अदालतमा भ्याकेट (पुनरावलोकन) मुद्धा पार्टी भित्रको आन्तरिक विवाद समाधान

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र

काठमाडौँ, ७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब