काठमाडौँ, ३ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।
त्यस्तै आज देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज ६ हजार ६ सय ४८ जना डिस्चार्ज भएका छन ।