प्रम ओलीको निर्देशन: क्विक रेस्पन्स टिम बनाउनुस्, प्रक्रियामा अल्झिएर कसैको ज्यान नजाओस्

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रक्रियामा अड्किएर कुनैपनि नागरिकको ज्यान जान दिन नुहने भन्दै त्यसका लागि आवश्यक निर्णय र प्रक्रिया अघि बढाउन सरोकारवाला मन्त्रीहरुलाई समेत निर्देशन दिनुभएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक स्वास्थ्य सामग्री आयात गर्न कानुन संशोधन गरेर वा क्विक रेस्पोन्स टिम गठन गरेर भएपनि तत्काल प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा प्रक्रियामा अल्झिएर र आर्थिक स्रोत अभावले कुनैपनि नागरिकको ज्यान जान दिनुहुँदैन । त्यसका लागि आवश्यक प्रक्रिया तत्काल गर्नुस् । क्विक रेस्पन्स टिम बनाउनुपर्ने भए बनाउनुस् ।’

सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी ओलीसहित बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको हो । कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी)ले अक्सिजन अभाव हुन नदिन आवश्यक सवै प्रक्रिया अवलम्बन गर्ने भएको छ । परराष्टमन्त्री प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार कोरोनाको समग्र विश्लेषण गरिएको बैठकमा बाधा अड्चन हटाउने तथा अक्सिजन उत्पादन बढाउने, त्यसका लागि उद्योगीहरुसँग सहकार्य गर्ने, लिक्विड अक्सिजन आयात बढाउन भारतसँग आग्रह गर्ने, सिलिण्डरहरुको व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल भएको छ । मन्त्री ज्ञवालीले अक्सिजन अभाव हुन नदिन साथै चीन र ओमनबाट मगाइरहेको भन्दै आगामी दिनमा अक्सिजन अभाव हुन नदिने बताए । ‘सरकार र नीजि क्षेत्रले समेत अक्सिजन ल्याएकाले त्यति ठुलो अभाव हुदैन अव त्यो कठिनाई कम हुदै जान्छ’ मन्त्री ज्ञवालीको भनाइ छ ।

बैठकमा स्वास्थ्य संकटकालका बारेमा समेत छलफल भएको छ । तर तुलनात्मक रुपमा स्वास्थ्य संकटकाल लगाउँदा के के काम हुन्छ भन्ने अध्ययन भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । बैठकले समग्र स्वास्थ्य प्रणालीलाई महामारीका विरुद्ध लगाउन जरुरी भएको निश्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै