सरकारको ऐतिहासिक कदम: काठमाडौँमा भूमाफियाले हडपेको ८ रोपनी फिर्ता

काठमाडौँ, २ जेठ । भूमाफियाले वर्षौंअघि मिचेको धोबी खोलाको अनामनगरस्थित करिब ८ रोपनी जग्गा बल्ल सरकारकै कायम भएको छ । मालपोत कार्यालय डिल्लीबजारले धोबी खोला नदी उकासको जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराएको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याएको हो । 

प्रमुख मालपोत अधिकृत टुनाबहादुर श्रेष्ठले व्यक्तिको नाममा घुसाइएको ७ रोपनी ७ आना २ पैसा २ दाम जग्गा वैशाख २७ गते सरकारकै कायम गरिएको बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले वैशाखभित्रै जग्गा फिर्ता ल्याउन निर्देशन दिएकाले सोहीअनुसार गरिएको मालपोत कार्यालय डिल्लीबजारले जनाएको छ । 

यो स्थानमा जग्गाको मूल्य आनाको ७० लाख रुपैयाँ हाराहरी छ । यो हिसाबले ८० करोडभन्दा बढी मूल्य बराबरको जग्गा फिर्ता ल्याइएको हो । अन्य बाँकी जग्गाको हकमा केही जग्गा खोला बगिरहेको र केही जग्गा छानबिन गरी सरकारको नाममा ल्याउनुपर्ने देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पठाएको पत्रमा उल्लेख छ । यसअघि धोबी खोलाकै हाडीगाउँस्थित भत्केको पुलनजिक ८ रोपनी ३ आना जग्गा  फिर्ता गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास समाजको उजुरीका आधारमा छानबिन गरेको थियो ।

अनामनगरस्थित धोबी खोला नदी उकास साविक महादेवस्थान गाविस-५ को कित्ता नम्बर १४३ को २३ रोपनी जग्गामध्ये केही व्यक्तिको नाममा दर्ता गराएको उजुरी समाजले गरेको थियो । त्यसपछि छानबिन गर्दा हरिप्रसाद गिरी, टेकबहादुर पौडेललगायत व्यक्तिको नाममा सरकारी जग्गा घुसेको अख्तियारको ठहर छ । सरकारी सार्वजनिक जग्गा हडप्नेमध्ये हरिप्रसाद गिरी, टेकबहादुर पौडेल, कुलबहादुर निरौला, मोहन मर्हजनलगायतले जग्गा फिर्ता ल्याउनुपर्ने अख्तियारको निर्देशन खारेज गर्नुपर्ने मागदाबीसहित २०६६ जेठमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले २०७४ माघमा रिट खारेज गरेपछि अख्तियारको निर्देशन कार्यान्वयन गर्न मालपोत कार्यालय डिल्लीबजारलाई बाटो खुलेको थियो । अख्तियारको छानबिनले ८ आना अक्सिडेन्टल पब्लिक स्कुलका सञ्चालकद्वय टेकबहादुर पौडेल र कुलबहादुर निरौला, ६ आना अग्निप्रसाद पौडेल, ४ आना हरिप्रसाद गिरीले आफ्नो जग्गामा घुसाएको देखाएको थियो । यस्तै, शान्ता दाहालको नाममा १ दाम, बन्दना भट्टराईको नाममा ३ आना २ दाम गएको प्रतिवेदनमा उल्लेख छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ८ कार्तिक । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६

काठमाडौँ, ८ कार्तिक । हिजो भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज पनि खुवाइँदै छ । ६ महिनादेखि

काठमाडौँ, ८ कार्तिक । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । एक महिलालाई बेल्जियममा

काठमाडौँ, ८ कार्तिक । आज पनि देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021