महिला आयोगद्वारा उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन

काठमाडौँ, १ जेठ । राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

पदाधिकारी नियुक्त भएको सय दिनको कार्यसम्पादन विवरण अनुसार आयोगले कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमण नियन्त्रणका सन्दर्भमा जारी निषेधाज्ञाको अवधिमा लैङ्गिक हिंसाका घटनाको सघन अनुगमन गर्न, लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचारलगायतका विषयमा विभिन्न निकायसँग आवश्यक समन्वय गर्न आयोगका अध्यक्षको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरिएको उल्लेख छ ।

कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणका कारण जारी निषेधाज्ञा तथा अन्य समयमा समेत महिला, बालिका, वृद्ध, अपागङ्ता भएका व्यक्ति तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यकरुलाई राहत, उद्धार तथा अन्य प्रक्रियामा प्राथमिकता दिनका लागि आयोगले विभिन्न निकायलाई पत्राचार गरेको अध्यक्ष कमलाकुमारी पराजुलीले जानकारी दिनुभयो । स्थानीय तहमा सञ्चालित क्वारेन्टिन तथा आइसोलेशन सेन्टरलाई महिलामैत्री हुने गरी व्यवस्थापन गर्नका लागि गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्बन्धित निकायमा समेत पत्राचार गरिएको आयोगले जनाएको छ ।

यही वैशाख १६ गतेदेखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञाको अवधिमा हुनसक्ने लैङ्गिक हिंसालाई रोकथाम एवं नियन्त्रण गर्नका लागि अपनाउनुपर्ने पूर्वतयारी तथा अन्य समसामयिक विषयमा सरोकारवाला निकायबीच छलफल कार्यक्रम सम्पन्न गरी प्राप्त सुझावअनुसार आयोगबाट पहल हुनुपर्ने विषयमा सम्बन्धित निकायमा पत्राचार गरिएको अध्यक्ष पराजुलीको भनाइ छ ।

त्यसैगरी आयोगले लैङ्गिक हिंसा निवारणका लागि पाँच वर्षे रणनीतिक मस्यौदा तयार भई परिमार्जनको क्रममा रहेको, आयोगको आन्तरिक व्यवस्थापन निर्देशिका २०७८ को मस्यौदा तयार भई स्वीकृतिको तयारीमा रहेको छ । आयोगले हिंसाका घटना, विविध संस्थाको अनुगमनलगायत अध्ययन अनुसन्धान गरेको छ ।

दोस्रो चरणको निषेधाज्ञा लागू भएदेखि यही वैशाख १६ देखि २९ गतेसम्म आयोगमा २२ घरेलु हिंसा र १० महिला हिंसासम्बन्धी उजूरी दर्ता भएका छन् । त्यसैगरी यही अवधिमा हेल्पलाइन ११४५ मा ८२ फोन प्राप्त भएका छन् भने १४५ घटनामा फलोअप कल प्राप्त भएको छ । त्यसैगरी वि.स. २०७७/७८ मा महिला आयोगमा एकहजार ६५ घरेलु हिंसाको घटनाको उजुरी दर्ता भएका थिए । भने आयोगले एकहजार ८६ जनालाई कानुनी परामर्श प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ

कास्की, १२ असोज । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटासहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, १२ असोज । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

काठमाडौँ, १२ असोज । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा बेपता भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021