बिहेभोजबाट फर्किएपछि गाउँ नै संक्रमित, एकै घरका ४ जनाको मृत्यु

बाग्लुङ, १ जेठ । बडिगाड गाउँपालिका ४ मा विहेको भोजमा भएको जमघटले गर्दा कोरोना संक्रमणले गाउँलाई नै समस्याग्रस्त बनाएको छ ।बैशाख ११ गते एउटा बिहे भोज थियो । नातीको बिहे भएकाले ८७ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा कोरोनाका कारण उपचारकै क्रममा २३ गते ती पुरुषको मृत्यु भयो । मृत्यु भएका ती पुरुषको ५१ र ४० वर्षको छोरा र ५३ वर्षीयसहित २ छोरी छन् । बैशाख ३० गते कान्छाको धौलागिरि अस्पताल र जेठा छोराको पोखरामा उपचारकै क्रममा मृत्यु भयो ।

बडिगाड गाउँपालिका ४ जलजलाका वडाध्यक्ष प्रेम गलामीका अनुसार २ भाइको २ फरक ठाउँमा एक घन्टाको फरकमा मृत्यु भएको हो । कोरोनाबाट एकै परिवारको ३ जनाको मृत्यु भइसकेपछि पनि अझै परिवारमा बज्रपात पर्न छाडेको छैन । आइतबारमात्रै परिवारकी जेठी छोरी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको छ । उनी पनि धौलागिरि अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो ।

बिहे भोजबाट फर्किएपछि अहिले गाउँका सबै रुघाखोकी र उच्च ज्वरोले थलिएका छन् । गाउँमा बिरामीको संख्या बढेपछि गाउँपालिकाले १९ र २२ गते पहिलो पटक परीक्षण गरेको थियो । परीक्षणका क्रममा एकैचोटी ४९ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष प्रेम गलामी जानकारी दिनुभयो । उहाँका अनुसार गाउँलाई अहिले पूर्ण तरिकाले सिल गरिएको छ ।

बिहे भोजपछि गाउँले नै बिरामी परेको र स्वाब परीक्षणमा सबैको कोरोना देखिन थालेको वडाध्यक्ष प्रेम गलामीले बताउनुभयो । ‘पछिल्लो पटक ३० जनाको स्वाब परीक्षण गरेका थियौं । २५ जनामा कोरोना देखियो,’ उहाँले भन्नुभयो, ‘अहिले गाउँ नै बिरामी परेका छन् । हाहाकार मच्चिएको छ । गाउँ नै सखाप होला जस्तो भो ।’

प्रदेश स्वास्थ्य निर्देशनालयअनुसार बागलुङमा आइतबारसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै ८ सय ४ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई

काठमाडौँ, १० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० असोज । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021