५८ थान अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण

दोलखा, १ जेठ । जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ ।

दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार जिल्लाका विभिन्न ठाउँमा रहेका खाली तथा भरिएको अक्सिजनका सिलिन्डर प्रहरीले संकलन गरेर चरीकोट अस्पताललाई प्रदान गरेको हो । 

जिल्लामा आजसम्म दोस्रो चरणको कोभिडका कारण ४३३ जना संक्रमित भइसकेका छन् । तीमध्ये हालसम्म १९ जना निको भइसकेका छन् भने चार जनाको मृत्यु भएको छ । कोभिड संक्रमित ३१ जनाको  चरीकोट अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवान लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

काठमाडौँ, ७ असार । नेपाल सरकारले घोषणा गर्यो ‘सडक मानवमुक्त नेपाल’ बनाउने । सुन्दा आहा ! कति उत्कृष्ट योजना तथा

काठमाडौँ, ७ असार । थप २ हजार २ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख

सप्तरी, ७ असार । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३