मौसम पूर्वानुमान

काठमाडौँ, १ जेठ । अहिले प्रि मनसुनसँगै पश्चिमी न्यून चापीय क्षेत्रको प्रभाव पनि कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज र भोलि देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहने भएको छ । पहाडी भेगमा आंशिक बदली हुने सभावना रहे पनि त्यसको ठूलो असर नपर्ने भएको छ । प्रि मनसुनको समय भएकोले दिउँसोपछि पहाडी भेगका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि रहेको छ ।

त्यस्तै भोलि बेलुकीसम्म पनि मौसम सामान्यतया सफा रहने र पर्सि सोमबारदेखि भने मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा दिउँसो पछि हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, १५ चैत । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीका‌ अनुसार सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फको उडान

काठमाडौँ, १५ चैत । खोटाङ जिल्लाको विभिन्न स्थानमा ३ करोड खर्चिएर स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । खोटाङ सेवा

काठमाडौँ, १५ चैत । दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बबई गाउँपालिका वडा नम्बर