राहदानी वितरणमा कडाईः एउटा प्रयोजनको लागि मात्र जारी हुने

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने भएको छ । अर्को सूचना जारी नहुँदासम्म अब अन्य व्यक्तिका लागि पासपोर्ट जारी हुने छैन ।

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको र विभागमा कार्यरत कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै आज शुक्रबारदेखि स्वास्थ्य उपचारका लागि जानु पर्ने बाहेक अन्य व्यक्तिको राहदानी जारी नहुने राहदानी विभागले जनाएको छ ।

विभागका अनुसार स्वास्थ्य उपचारका लागि विदेश जाने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिले आवश्यक कागजातसहित हरेक सोमबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागमा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असार । सिन्धुपाल्चोकमा आएको बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको कतिपय संरचनामा क्षति पु-याए पनि मुख्य सुरुङ भने सुरक्षित रहेको

काठमाडौँ, ६ असार । केही दिन अघि बाढी पहिरोमा परि मानविय तथा भौतिक क्षती भएको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तथा हेलम्बु

काठमाडौँ, ६ असार । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजिव कुमार झाले

काठमाडौँ, ६ असार । ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका