आज इद पर्व मनाइँदै

काठमाडौँ, ३१ वैशाख । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान (इद उल फित्तर) आज मनाइँदैछ ।

इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात उपावास बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो ।

रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

रमजान ब्रतको आज अन्तिम साँझ चन्द्रमा हेर्न आकाशतिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । यो पर्वमा मुसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन् । मुस्लिम समुदायका अगुवाहरुले पनि भीडभाड नगरी र स्वास्थ्य मापदण्डको ख्याल गरी इद मनाउन ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर

विराटनगर, ५ बैशाख । विराटनगरमा गोली चलेको छ । रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले विराटनगरमा निकालेको धार्मिक र्‍यालीका क्रममा

काठमाडौँ, ५ बैशाख । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या

सल्यान, ५ वैशाख । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको