चितुवाको छालासहित एक जना पक्राउ

सुर्खेत, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५:०० बजे पक्राउ गरेको हो । खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–३ कुरिल्ले भन्ने ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

‘छिन्चु–जाजरकोट पक्की सडक खण्डमा खत्रीले बोटेचौरबाट सल्लीबजारतर्फ जाँदै गरेको भे४प ४८८७ नंको मोटरसाइकल रोकी जाँच गर्दा झोलामा लुकाइछिपाइ राखेको टाउकोदेखि पुच्छरसम्म भएको चितुवाको छालासहित उनलाई पक्राउ गरिएको हो ‘, प्रहरी नायब उपरीक्षक घर्तीले भने, ‘खत्रीलाई आवश्यक कारवाहीका लागि गुर्भाकोट सबडिभिजन वन कार्यालय मेहलकुना सुर्खेत पठाइएको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भैरहवा, ५ कार्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु

तनहुँ, ५ कार्तिक । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिएको छ । आयोजनाको

काठमाडौँ, ५ कार्तिक । कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन हुन नसक्दा सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित हुने

काठमाडौँ, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्षति हुने भन्दै नेताहरूले असन्तुष्टि

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021