प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता हुँदै

काठमाडौँ, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ ।

अध्यक्ष ओलीको प्रस्तावमा भेटवार्ता तय भएको हो । भेटवार्ता कहाँ र कहिले हुने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ । ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेता बताउनुभयो । ‘उहाँहरु बीच भेट तय भएको छ । कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ ।’

बिहीबार बिहान नेता विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा पौडेलले सांसद पदबाट राजीनामा दिँदा सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राख्नुभएको थियो । तर नेपालले भने आफ्नो शर्त प्रस्ट भएको जवाफ दिनुभएको थियो ।

बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसल र सुरेन्द्र पाण्डेमाथिको कारबाही लिने निर्णय गरेको छ । कारबाही फिर्ताको निर्णयले वातावरण सकारात्मक बनाएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

पाँचथर, ९ कार्तिक । बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेपछि पाँचथरमा बाढीपहिरामा परी कारण ज्यान

दमौली, ९ कार्तिक । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ

काठमाडौँ, ९ कार्तिक । काठमाडौँका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने भएको छ । काठमाडौँका आठ वटै

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021