चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय

काठमाडौँ? ३० वैशाख । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिनुभयो ।

पुनस्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफ्ना पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन गर्ने, केन्द्रीय सदस्यहरु थप्ने र माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल समूहले वैशाख ४र५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो । भेलाका लागि अगुवाइ गरेको भन्दै ७ चैतमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोधेको थियो । नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो ।

कारबाही फुकुवाको निर्णयलाई नेपाल पक्षका नेता योगेश भट्टराईले सकारात्मक रुपमा लिइएको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

दमौली, ९ कार्तिक । तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ

काठमाडौँ, ९ कार्तिक । काठमाडौँका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाइने भएको छ । काठमाडौँका आठ वटै

काठमाडौँ, ९ कार्तिक । काठमाडौँ सोल्टीमाेडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी भएको छ । गएराति साढे ९ बजे दीपक अर्यालले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021