अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु

काठमाडौँ, ३० बैशाख । रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने खतराबारे अवगत गराइरहेका थिए ।

सञ्चारमाध्यममा निरन्तर खबर प्रकाशन÷प्रसारित थिए । मंगलबार साँझदेखि अभाव चर्केपछि अस्पतालका प्रशासकले मध्यरातसम्म जिल्ला प्रशासनमा उपस्थित भएर अक्सिजन माग गरेका थिए । तर, कतै सुनुवाइ भएन । समस्याबारे जानकारी पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘प्रदेशको उत्पादनका अतिरिक्त चितवन, पोखरा र विराटनगरबाट अक्सिजन रिफिल गरेर भए पनि समस्या समाधानको प्रयास जारी छ, लिक्विड पनि ल्याइँदै छ ।’ उनले भनेजस्तो तत्काल अक्सिजन व्यवस्थापन भएन ।

अक्सिजन अभावमा मंगलबार राति र बुधबार गरी १४ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको भैरहवास्थित भीम अस्पतालमा र बाँकीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021