थप १७ जना कोरोना संक्रमितको मृत्‍यु

काठमाडौँ, २९ वैशाख । बाँकेमा ११ बुटवलमा ५ र धरानमा १ गरी थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेका विभिन्न अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९ बजे रातिदेखि बुधबार बिहान १० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक-एक जना सल्‍यान र कैलालीका छन् । भेरी अस्पताल नेपालगञ्‍जमा उपचाररत नेपालगन्ज उपमहानगर-१६ का ४९ वर्षीया महिलाको बुधबार बिहान ८: ३० बजे, बाँकेकै नेपालगन्ज उपमहानगर-५का ४४ वर्षीय पुरूषको बुधबार विहान ६: ३० बजे मृत्‍यु भएको छ । यस्तै बाँकेकै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत कोहलपुर नपरपालिका-२ की ३० वर्षीया महिलाको मंगलबार राति ९: ३० बजे, बाँकेकै कोहलपुर-१० की ४५ वर्षीया महिलाको बुधबार बिहान १: ३० बजे, कोहलपुर-११का ४१ वर्षीय पुरूषको बुधबार विहान ४ बजे र कोहलपुर-१४ बाँकेकै ६४ वर्षीया महिलाको बुधबार ५:३० बजे मृत्‍यु भएको छ ।

यस्तै भेरीमा अस्पतालमै उपचाररत गुलरिया-९ बर्दियाका ४७ वर्षीया महिलाको बुधबार बिहान ८ बजे, बर्दियाकै मधुबन नगरपालिका-६ का ५५ वर्षीय पुरूषको बुधबार बिहान ८: ३० बजे र बर्दियाकै बढैयाताल गाउँपालिका ६५ वर्षीय पुरूषको बुधबार बिहान १० बजे मृत्यु भएको छ । यस्तै बनगाड कुभिन्डे-६, सल्यानका ५० वर्षीय पुरूषको भेरी अस्पतालमा बुधबार ८: ३० बजे मृत्यु भएको छ भने घोडाघोडी-१ कैलालीका ६० वर्षीय पुरूषको नेपालगञ्‍ज मेडिकल कलेजमा उपचारका क्रममा बुधबार विहान ४: ४५ बजे मृत्‍यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा जिल्ला भित्रका २०२ जना र जिल्ला बाहिरका १५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना रुपन्देहीका र एक जना पाल्पाका हुन् । कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सीमै ज्यान गएको हो । मंगलबार इमर्जेन्सीमा भर्ना भएका तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, सैनामैना ७ रुपन्देहीका ३६ वर्षीय पुरुषको मंगरलबार साँझ ६:३५ बजे र वैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल–११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५:३३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै मंगलबार नै भर्ना भएकी तिलोत्तमा–६ की ७० वर्षीया महिलाको बुधबार बिहान ७:५२ बजे र वैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि बुधबार बिहान ५:५२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता गौतमले बताए । यस्तै बुटवल-६ का ४४ वर्षीय पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालको एचडीयूमा मंगलबार साँझ ७ बजे मृत्यु भएको उनले जानकारी दिए ।

डा. गौतमले संक्रमितको चाप बढेपछि अस्पतालमा आईसीयू र एचडीयू दुवै थरी बेड भरिभराउ भएकाले अक्सिजन नभइ नहुने संक्रमितलाई घर पठाउन पनि नमिल्ने र बेड दिन पनि नसकिने अवस्था रहेको गुनासो गरे । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २९९ पुगेको छ ।

त्यस्तै वीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । धरान-१, सुनसरीकी ७० वर्षीया महिलाको उपचारको क्रमममा वैशाख २८ गते दिउँसो २:३० बजे मृत्‍यु भएको वीपी प्रतष्ठान धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने