कोरोनाबाट थप ८ जनाको मृत्यु

कास्की, २७ बैशाख । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की र स्याङ्जाका २/२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक/एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा महानगरपालिका–७ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार दिउँसो २:२० बजे मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । उनमा वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका–१३ का ८७ वर्षीय पुरुषको सोमबार बिहान ७ बजे मृत्यु भएको छ । होम आइसोलेसनमै रहेका बेला मृत्यु भएका उनलाई वैशाख २४ गते कोरोना पोजेटिभ देखिएको थियो ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीय संक्रमित महिलाको आइतबार बेलुका ६:४५ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । ती महिलामा वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी स्याङ्जाकै गल्याङ गाउँपालिका–३ का ८४ वर्षीय पुरुषको आइतबार बेलुका ८:४५ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनलाई वैशाख २१ गते कोरोना पोजेटिभ देखिएको थियो ।

वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएका म्याग्दीको धौलागिरी गाउँपालिका–२ का ३७ वर्षीय पुरुषको पनि आइतबार बिहान साढे ६ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएका बुटवल उपमहानगरपालिका–१ का ३४ वर्षीय पुरुषको सोमबार बिहान ८ बजे फिस्टेल अस्पताल पोखरामा मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ का ४७ वर्षीय संक्रमितको पुरुषको आइतबार दिउँसो १ बजे मृत्यु भएको छ । वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै तनहुँको भानु नगरपालिका–१ का ६५ वर्षीय पुरुषको पनि आइतबार मृत्यु भएको छ । आइतबारै कोरोना संक्रमण पुष्टि भएका उनको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७३ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021