थप ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २७ बैशाख । थप सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार आइतबार राति र सोमबार बिहान गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । उनका अनुसार बर्दियाका दुई जना र बाँकेका एकजनाको मृत्यु भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका–७ का ४६ वर्षीया महिलाको भेरी अस्पतालमा आइतबार राति १० बजे र बासगढी नगरपालिका–८ का ६८ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार राति ११ः५० बजे मृत्यु भएको उनले बताए ।४६ वर्षीया महिलामा वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो भने ६८ वर्षीय पुरुषमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का ५१ वर्षीय पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ७ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख १७ गते संक्रमण पुष्टि भएको थियो ।  

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा म्‍याग्दी र पर्वतका एक-एक जना रहेका छन् । म्‍याग्दी अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय कोरोना संक्रमित पुरूषको बेनी अस्पतालमा उपचारको क्रममा वेशाख २६ गते दिउँसो ३ बजे मृत्‍यु भएको छ । उनलाई २६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पर्वत कुश्मा नगरपालिका-४का ६७ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २७ गते विहान ७: १० बजे मृत्‍यु भएको छ। उनलाई वैशाख २२ गते कोरोनजा संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २६५ पुगेको छ ।

कोरोना संक्रमणका कारण रौतहटमा २ जनाको ज्यान गएको छ । गएराति एकजना र सोमबार बिहान एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । गएराति रौतहटको प्राथमिक स्वास्थ्य केन्द्र कटहरीयामा उपचारका क्रममा वडा नं. ९ का ४८ वर्षीय एक पुरुषको मृत्यु भएको थियो भने सोमबार बिहान गौरमा रहेको अस्थायी कोविड अस्पतालमा सर्लाही बलरा ३ की ५६ वर्षिया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । हिजो मात्रै रौतहटका २ जनाको गौरमा र १ जनाको नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021