आजको मौसम पूर्वानुमान

काठमाडौँ, २६ बैशाख । अहिले पश्चिमी न्यूनचापीय प्रणाली, पूर्व–पश्चिममा फैलिएको न्यूनचापीय रेखा तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार  आज देशका धेरैजसो ठाउँको मौसममा केही सुधार आएको छ । आज दिउँसोपछि देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी पर्ने संभावना रहेको छ ।

त्यस्तै अहिले प्रदेश २ को धनुषा, महोत्तरी तथा प्रदेश १ को विराटनगर आसपास सहितका ठाउँमा पानी परिरहेको छ । प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बादल लागेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।

केही ठाउँमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका