नेपाल पक्षका संघीय र प्रदेश दुवै तहका सांसदले राजीनामा दिने तयारी

काठमाडौँ, २६ वैशाख । एमाले आन्तरिक विवाद सुल्झनेभन्दा चर्कने अवस्थामा पुगेपछि माधवकुमार नेपाल पक्षका सांसद राजीनामा दिएर बाहिरिने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन र पदाधिकारीसहितको बैठक राख्न असहमति जनाएपछि नेपाल पक्षका सांसद सो पदबाट राजीनामा दिएर कार्यकर्ताको माझ जानुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन् ।

राजीनामा दिने उद्देश्यले निर्वाचित र समानुपातिक गरी नेपाल पक्षका सबै सांसदले हस्ताक्षर गरिसकेको स्रोतको दाबी छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विवाद सुल्झाउनेभन्दा पनि जसरी हुन्छ आफूसँग असहमति राख्नेलाई अल्मल्याउने र पन्छाउने नीति लिएको नेपाल पक्षको बुझाइ छ । नेपाल पक्षका सांसदले सकेसम्म विवाद मिलाउन सबै विकल्प खुला राख्ने तर ओलीले ढोका बन्द गरे राजीनामा नै दिनुपर्ने बताएका छन् । सातदोबाटोस्थित ओलम्पिक कमिटीको भवनमा शनिबार दिउँसो बसेको नेपाल पक्षीय संसदीय दलको बैठकमा राजीनामा दिन सबै सांसद सहमत भएको स्रोतले बतायो ।

बैठकमा सांसदहरूले नेता नेपाललाई एकपटक ओली पक्षका नेताहरूसँग कुराकानी गरेर विवाद सुल्झाउने प्रयास गर्न आग्रह गरेका थिए । वार्ताका लागि सांसदहरूले नेता नेपाललाई अख्तियारीसमेत दिएका छन् । ‘तपाईं पार्टी प्रमुख भइसकेको व्यक्ति भएकाले एक पटक ओली र उनी पक्षका दोस्रो तहका नेताहरूसँग पनि छलफल गर्नुहोस् भनेर हामीले नेता नेपाललाई सुझाव दिएका छौं । त्यसका लागि अख्तियारी पनि दिएका छौं ।’ 

ओलीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउन चाहेनन् भने अर्को विकल्प छैन, राजीनामा नै हो भनेका छौ’, एक सांसदले भने । स्रोतका अनुसार विवाद मिलाउन तयार नभए नेपाल पक्षका संघीय र प्रदेश दुवै तहका सांसदले राजीनामा दिनेछन् । यसका लागि आइतबार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ ।

ओली पक्षले तत्कालीन स्थायी कमिटीलाई यथावत राख्ने, पदाधिकारीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गर्ने, माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताको सम्मानमा यथावत राख्ने अन्य कमिटी चलायमान बनाउन कार्यदल बनाउने र त्यसका आधारमा संगठन निर्माण गर्न राखेको प्रस्तावमा नेता नेपालले असहमति राखेका थिए । नेपालले निर्वाचित पदाधिकारीसहितको बैठक बस्नुपर्ने प्रस्ताव गरेका छन् । उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने अडान राखेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021