ललिता निवास जग्गा प्रकरण : ढकाललाई छाड्ने विषयमा न्यायाधीशकै राय बाझियो

काठमाडौँ, २५ वैशाख । ललिता निवास जग्गा प्रकरणमा मुख्य बिचौलिया शोभाकान्त ढकालको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि पूर्ण इजलासमा गएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा भएको सुनुवाइमा ढकाललाई छाड्ने विषयमा दुई न्यायाधीशको फरक मत आएपछि मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।

न्यायाधीश खतिवडाले ढकाललाई ३ करोड रुपैयाँ लिएर धरौटीमा छाड्ने आदेश लेखेका छन् भने न्यायाधीश भट्टराईले मुद्दा अन्तिम किनारा नलागुन्जेल थुनामै राख्नुपर्ने आदेश लेखेका छन् । उनीहरूको राय बाझिएसँगै अब ढकाल पुर्पक्षका लागि थुनामै रहनेछन् । यो मुद्दा ३ जनाभन्दा बढी न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाललाई मुख्य बिचौलिया बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध ढकालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

‘लगभग समान स्थितिका प्रतिवादी मीनबहादुर गुरुङलाई यही मुद्दामा धरौटी लिई विशेष अदालतबाट आदेश भएकोसमेत देखियो । विवादको प्रकृति, जग्गामा यी प्रतिवादीले हक प्राप्त गरेको तरिका, लगभग समानस्तरका प्रतिवादीबाट धरौटी जमानत लिनेगरी आदेश भएको अवस्था तथा अभियोग दाबीको स्थितिसमेतका समग्र पक्षमा तत्काल प्रमाणको रोहमा विचार गर्दा निजलाई मुद्दामा पुर्पक्षका लागि थुनामा राख्नु मनासिव देखिएन,’ न्यायाधीश खतिवडाले आदेशमा लेखेका छन्, ‘तसर्थ, विशेष अदालतले २२ माघ २०७७ गरेको बेरितको देखिदा बदर हुन्छ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

ललितपुर, ७ वैशाख । महिला,  बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन