एमालेभित्रको विवाद मिलाउने प्रयास जारी: यस्तो छ अहिलेसम्मको प्रगति

काठमाडौँ, २५ वैशाख । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लिदै छन् ।

यसैगरी, आगामी ६ जेठमा हुने (बाग्मती प्रदेशतर्फको) राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुदै छ । यी दुई विषय केन्द्रित छलफल जारी छ । ओली आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा नेपाल समूहले बिनासर्त सहयोग गर्नुपर्ने अडानमा छन् । तर, नेपाल समूह पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राख्दै आएको छ । एमाले धेरै नै अघि बढिसकेकाले फर्किन नसक्ने अडान ओलीको छ ।

शीर्षनेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार ओली समूह नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ ।

‘पार्टी एकता जोगाउने विषयमा केही समययता हामीबीच सामूहिक तथा छुट्टाछुट्टै छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अझै केही समहमति भएको छैन, जुटाउने विषयमा केन्द्रित छौं ।’ पार्टी एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय भएको बुझिएको छ । शीर्षनेता अडानबाट टसमस नभएपछि पार्टी नै विभाजन हुने निश्चित भएपछि राष्ट्रपतिले समेत नेताबीच सहमति गराउन पहल गरिरहेको स्रोतको दाबी छ ।

राष्ट्रपति शितल निवासमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल बोलाएर भण्डारीले छलफल गरिसकेकी छन् । तर, राष्ट्रपति साक्षी राखेर छलफल भए पनि ‘कुनै किसिमको सहमति जुट्न’ सकेको छैन । नेता नेपालले छलफल जारी रहे पनि कुनै किसिमको सहमति नजुटेको जनाएका छन् । पार्टी विधि, प्रक्रिया, विधानअनुसार चल्नुपर्ने अडान राख्दै आएका उनले पार्टी एकताका लागि वार्ता र चलकता दुवै अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं, किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ नेपालले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’

सहमति जुटाउन एक सातादेखि छलफल तीव्र छ । नेताहरूले दिनरात छलफल भइरहेको भए पनि ‘कसरी मिलाएर अगाडि बढ्ने ?’ विषयमा ठोस सहमति जुटाउन सकिरहेका छैनन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । अर्थ मन्त्रालयले नेपाल प्रहरीमा तत्काल प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी थप्ने

काठमाडौँ, १० कार्तिक । गृह मन्त्रालयको एउटा रिपोर्ट अनुसार नेपाल चीन सिमाना पनि समस्या रहेको पाइएको हो । हुम्ला जिल्लाको चीन

काठमाडौँ, १० कार्तिक । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ । बृहत नागरिक आन्दोलनले बुधबार

काठमाडौँ, १० कार्तिक । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप काठमाडौँ आएको छ । आज बिहान

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021