आइसियु खोज्दा खोज्दै जान्छ ज्यान

काठमाडौँ, २५ बैशाख । जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे ।

यो स्थिति भोग्ने यी पुरुष एक्लो व्यक्ति होइनन् । जटिल अवस्थाका सयौं बिरामीले समयमै आइसियु र अक्सिजन पाउन नसकेको अस्पतालहरूले जनाएका छन् । वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धुव्र गैरेका अनुसार उनकै नातेदार एक व्यक्तिका लागि आइसियु भेटिएन । बिरामीलाई गुल्मीबाट काठमाडौं ल्याउन खोजेकोमा आइसियु बेड नभेटेपछि बुटवलमै राख्नुप¥यो ।  

आफूलाई दैनिक १५ देखि २० वटा फोन आइसियु खोजिदिन आग्रह गर्दै आउने गरेको उनले बताए । आफू वीर अस्पतालको वरिष्ठ चिकित्सक भएर पनि कसैलाई आइसियु खोजिदिन नसकेको उनले बताए । आइसियुको खोजीमा अस्पताल चहार्दाचहार्दै कतिपय बिरामीको मृत्यु भइरहेको छ । उनी भन्छन्, ‘कतिको एम्बुलेन्समै मृत्यु हुन्छ, कतिको वीरको आकस्मिक कक्षमा पुग्नेबित्तिकै मृत्यु हुन्छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय

काठमाडौँ, ३१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति

काठमाडौँ, ३१ असोज । जसपामा भाडभैलो सुरु भएको छ । मन्त्रिमण्डल गठनमा अध्यक्ष उपेन्द्र यादवले एकलौटी गरेपछि जसपामा भाडभैलो मच्चिएको हो

काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । संघको शनिबार सम्पन्न बैठकले विधानको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021