नेपाल बाहिरिएपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच पुन: भेटवार्ता

काठमाडौँ, २४ वैशाख । सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका छन् ।  

यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ त्यहाँ गए । भेटमा पार्टीभित्रको विवादका बारेमा कुराकानी भएको स्रोतले बतायो । नेता नेपालले पार्टीको विवाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए । विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर फर्किने क्रममा नेपाल शीतल निवास पसेका थिए ।  

नेता नेपाल शीतल निवासबाट बाहिरिएलगत्तै ओली त्यहाँ पुगेका थिए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो शीतल निवास गएका ओली साँझ पनि राष्ट्रपतिलाई भेट्न पुगेका थिए । प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक सकेर साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन् । साँझको भेटमा एमालेभित्रको विवादबारे कुराकानी भएको राष्ट्रपति निकट स्रोतको दाबी छ । यो समाचार आजको  नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्