नेपाल बाहिरिएपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच पुन: भेटवार्ता

काठमाडौँ, २४ वैशाख । सत्तारूढ एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार अलगअलग भेट गरेका छन् ।  

यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ त्यहाँ गए । भेटमा पार्टीभित्रको विवादका बारेमा कुराकानी भएको स्रोतले बतायो । नेता नेपालले पार्टीको विवाद मिलाउन ओलीले गरेका निर्णय सच्याउनुपर्ने बताएका थिए । विपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेर फर्किने क्रममा नेपाल शीतल निवास पसेका थिए ।  

नेता नेपाल शीतल निवासबाट बाहिरिएलगत्तै ओली त्यहाँ पुगेका थिए । स्थायी कमिटी बैठक सकिएपछि दिउँसो शीतल निवास गएका ओली साँझ पनि राष्ट्रपतिलाई भेट्न पुगेका थिए । प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक सकेर साँझ राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन् । साँझको भेटमा एमालेभित्रको विवादबारे कुराकानी भएको राष्ट्रपति निकट स्रोतको दाबी छ । यो समाचार आजको  नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा