मालदिभ्समा भएको विष्फोटमा पूर्वराष्ट्रपति घाइते

एजेन्सी, २४ बैशाख । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् ।

मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् जानकारी दिए अनुसार उनको एक अस्पतालमा उपचार भइरहेको छ । राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको कार नजिकै विष्फोट भएको थियो । प्रहरीले घटनास्थल घेरा हालेर अनुसन्धान जारी राखेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा