नागार्जुनले शुरू गर्यो एन्टिजेन टेष्ट

काठमाडौँ, २३ वैशाख । नागार्जुन नगरपालिकाले बिहिवारदेखि कोरोनाका पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कका रहेकाका लागि एन्टिजेन टेष्ट गर्न शुरू गरेको छ ।

बिहिवारदेखि नगरपालिका वडा नंं. १० स्थित स्युचटार स्वास्थ्य चौकीमा एन्टिजेन टेष्ट शुरु गरेको हो । राष्ट्रिय आविष्कार केन्द्रबाट बुथ ल्याएर कोरोना परिक्षण शुरू गरिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार नगरबासीको स्वास्थ्यमा ध्यानमा राखी नगरपालिकाले एन्टिजेन परिक्षण शुरु गरेको हो ।

नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लता महतले प्रत्येक हप्ताको सोमवार र बिहिवार हप्ताको दुई दिन पोजेटिभ केश देखिएका व्यक्तिको सम्पर्कमा रहेका र लक्ष्ण देखिएका व्यक्तिलाई प्राथमिकतामा राखेर एन्टिजेन टेष्ट गरिने बताउनुभयो । कन्टयक टेसिङका ग्रुपको लिस्टमा परेका व्यक्तिकाको परिक्षण गरिनेछ । नगरपालिकाले यसअघि नै एम्बुलेन्स र शवबहानको खरिद गरी सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा

काठमाडौँ, ६ चैत । मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णय सार्वजनिक भएको छ ।  चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।  आज प्रतिनिधिसभा बैठकम उनले