ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

तनहुँ, २३ बैशाख । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ना६त ४२०७ नंको ट्याक्टर भित्री सडकमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा परी सोही वडा निवासी २२ वर्षीय किरण श्रेष्ठ र १८ वर्षीय सुन्दर श्रेष्ठ घाइते भएका छन् ।

किरणको दमौलीमा र सुन्दरको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । मृत्यु हुने व्यक्ति ट्याक्टर चालक हुन् या सवार गर्ने व्यक्ति हुन एत भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले

काठमाडौँ, २ असार । नबिल बैंकको सम्पूर्ण कारोबार असार ४ गतेदेखि ७ गतेसम्म बन्द हुने भएको छ । मंगलबार बैंकले

काठमाडौँ, २ असार । नेपाल राष्ट्र बैंकले बुधबार विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for June

काठमाडौँ, २ असार । पछिल्लो समय चर्को राजनीतिक अस्थिरतामा अल्झेका प्रदेश सरकारहरूले आधाभन्दा बढी रकम विकासका लागि विनियोजन गरी आगामी आर्थिक