सरकारले तत्काल चीनबाट अक्सिजन सिलिण्डर ल्याउने

काठमाडौँ, २३ वैशाख । चीनले अनुदान स्वरुप दिनलागेको २० हजार अक्सिजन सिलिण्डरमध्ये पहिलो लट एकसाता भित्र ल्याउने सरकारले कार्ययोजना बनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख ३१ गतेभित्र पहिलो लट अक्सिजन सिलिण्डर ल्याउने योजना उल्लेख गरेको छ । तर पहिलो लटमा कति संख्यामा सिलिण्डर ल्याउने भन्ने बारे कार्य योजनामा उल्लेख छैन । यो कामको जिम्मा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ । यसको समन्वय गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई भनिएको छ ।

कार्ययोजनामा लेखिएको छ ‘चीन सरकारबाट अनुदान स्वरुप प्राप्त हुने २० हजार अक्सिजन सिलिण्डरमध्ये ढुवानी लगायतका सम्पूर्ण तयारी पूरा गरी पहिलो लट ल्याउने ।’ कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालमा पनि अक्सिजन अभाव भएपछि चीनले अनुदान स्वरुप २० हजार अक्सिजन सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको थियो । यहीबीचमा सरकारले भारतबाट पनि लिक्विड अक्सिजन आयातको कूटनीतिक पहल जारी राखेको छ ।

प्रधानमन्त्री कार्यालयको कार्ययोजनामा उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डरहरु खिचेर कोभिड अस्पतालहरुलाई उपलब्ध गराउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा