चितवन, २३ बैशाख । चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ बर्षीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।
यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखलासमेत लागेको जनाइएको छ ।
अहिले उनको शवको पोष्टमार्टम एवम् व्यवस्थापनबारे छलफल भैरहेको छ ।