घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरे थप पाँच सय रुपैयाँ लाग्ने

काठमाडौँ, २२ बैशाख । पीसीआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड तयार गर्ने पनि उनले बताए ।  यस्तै सरकारले बिहीवार (भोलि) सम्ममा कोरोना सङ्क्रमित व्यक्तिको उपचारमा प्रयोग हुने रेम्डिसिभर चार हजार भाइल आइपुग्ने जनाएको छ । मङ्गलवार (हिजो) तीन हजार भाइल उपलब्ध भएको र दुई दिन अघिसम्म एक लाख २५ हजार भाइल प्राप्त भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाही गर्न माग गरेका

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ ।  आर्थिक

काठमाडौँ, ७ चैत । प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ । प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले आज शिष्टाचार भेट