सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु

सुनसरी, २२ बैशाख । सुनसरीको इटहरीमा सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

मङ्गलबार राति पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको को १ च ७८१६ नम्बरको पिकअपले पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनसाथ मृत घोषित गरेको प्रहरीले जनाएको छ । झापाको कचनकवल गाउँपालिका–६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जनाको नियुक्ति प्रक्रियाविरुद्ध दायर भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ

काठमाडौँ, ६ चैत । संघीय संसद सचिवालयले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम मुद्दा दायर भएकोले रवि लामिछानेको संसद पद निलम्बन भएको जनाएको

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरणमा हरेकले आफ्नो जिम्मेवारी पूरा गर्दा समयमै सहजै महाधिवेशन

काठमाडौँ, ६ चैत । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रूपमा लिएर यसको न्यूनीकरणका लागि सामूहिक