सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु

सुनसरी, २२ बैशाख । सुनसरीको इटहरीमा सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

मङ्गलबार राति पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको को १ च ७८१६ नम्बरको पिकअपले पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनसाथ मृत घोषित गरेको प्रहरीले जनाएको छ । झापाको कचनकवल गाउँपालिका–६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ मंसिर । साहब आलमको उत्कृष्ट बलिङप्रेरित काठमाण्डू गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफमा पुग्ने दोस्रो टिम

काठमाडौँ, १८ मंसिर । आइसिसी महिला टि-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा ऐभेन्जर्सले काठमाण्डू गोर्खाजविरुद्ध फिल्डिङ गर्ने भएको छ ।  आज

काठमाडौँ, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने