चट्याङ्ग लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

झापा, २१ बैशाख । झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ्ग लागेर ज्यान गएकाे छ । 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमवार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा चट्याङ्ग लागेर उनी घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले उनकाे ज्यान गइसकेको जानकारी गराएका थिए।

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए । भारतसँगको सीमा नजिक रहेको अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा