१२ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु

रूपन्देही, २० बैशाख । रुपन्देहीमा १२ घन्टाको अन्तरमा १२ जना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार बुटवलस्थित कोरोना विशेष अस्पतालमा ६ र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ६ जनाको मृत्यु भएको हो ।

कोरोना विशेष अस्पतालमा उपचाररत ६ पुरुषको मृत्यु भएको छ । त्यस्तै भैरहवास्थित युनिसर्भसल मेडिकल कलेज भैरहवामा पनि ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको हो ।

रुपन्देहीमा सोमबारसम्म ३ हजार ३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११७ पुुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अफगानिस्तान, ५ कार्तिक । वाशिंगटन डिसी (द सोफान सेन्टर) रिपोर्टहरूले देखाएअनुसार छात्राहरू अफगानिस्तानको एउटा प्रान्तको स्कूलमा भर्ना हुन सकेका छन्

दिल्ली, ५ कार्तिक । अफगानिस्तानको खाद्य संकटले लाखौंलाई भोकमरीको कगारमा पुर्‍याइरहेको छ। यो समस्यालाई ध्यान दिदै भारतले तालिबान शासित देशलाई

जम्मु कश्मिर, ५ कार्तिक । केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार जम्मु काश्मिरको गल्फ कोर्स पहलगाममा पहलगाम विकास

तिब्बत, ५ कार्तिक । चीनले पछिल्लो समय तिब्बत र ताइवानमाथि विभिन्‍न किसिमले आक्रमणहरु गर्न थालेपछि तिब्बत र ताइवानबीचको सम्बन्ध बलियो

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021