कारागारमा कैदीबन्दी भेटघाट बन्द

दमौली, २० बैशाख । नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि तनहुँ जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । तनहुँ कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको हो । 

कारागार प्रशासनले गत वर्ष पनि कोरोना सङ्क्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुल्ला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरूपमा बन्द गरिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए ।  

“हाल कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनीकरणका लागि बाहिरका मान्छेलाई भित्र आउन दिएका छैनौँ”, उनले भने, “अहिलेसम्म कारागारभित्र सबै सुरक्षित छन् ।” उनका अनुसार कारागारमा हाल दुई सय ६६ कैदीबन्दी छन् । 

जिल्ला कारागारमा केही समयअगाडि मात्रै नयाँ भवन निर्माण सम्पन्न भएको थियो । नयाँ भवन निर्माण सम्पन्न भएपछि केही हदसम्म कैदीबन्दी राख्न सहज भए पनि समस्या भने उस्तै छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागारका कैदीबन्दीलाई विगतदेखि नै समस्या हुँदै आइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा बिहीबारबाट फेरि प्रदूषण बढेको छ । वातावरण विभागका आनुसार, बिहीबार बिहान ११ः३० बजे शंखपार्कको वायुको

काठमाडौँ, ७ चैत । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ

काठमाडौँ, ७ चैत । सिन्धुपाल्चोकमा ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) प्रहरीले बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै

काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार