उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, १९ वैशाख । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एक/एक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो । डा. शर्माका अनुसार पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका उनी होमआइसोलेसनमा बस्दै आएका थिए ।

पोखरा महानगरपालिका–२६ की ५८ वर्षीया महिलाको शनिबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको उनले बताए । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी पोखरा महानगरपालिका–१६ की ७३ वर्षीया महिला र वडा नम्बर–१० की उमेर खुल्न नसकेकी महिलाको शनिबार मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. शर्माले बताए । ७३ वर्षीया महिलामा वैशाख १२ र उमेर खुल्न नसकेकी महिलामा वैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो । पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा शनबिार मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय पुरुषको शनिबार बिहान १ः२२ बजे गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । उनीमा वैशाख १५ गते संक्रमण पुष्टि भएको थियो । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षीय पुरुषेको आइतबार बिहान १०ः३० बजे मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीमा वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’

काठमाडौँ, ६ चैत । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा

काठमाडौँ, ६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा