माओवादी र कांग्रेसको ‘विकल्प र स्थिरता’ दिने सामर्थ्य छैन: मुख्यमन्त्री पोखरेल

shankar-pokharel

काठमाडौँ, २ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्र र कांग्रेस मिलेर वर्तमान सरकारको विकल्प तथा स्थिरता दिने सामर्थ्य नराख्ने ठोकुवा गर्नुभएको छ ।

पछिल्लो केही समय यता संघ तथा प्रदेश सरकारमा गठबन्धन गरी माओवादी तथा कांग्रेसले सरकार परिवर्तनको लागि अगाडी बढिरहेको समयमा मुख्यमन्त्री पोखरेलले भने उक्त गठबन्धनले मुलुक तथा नेपाली राजनीतिमा अस्थिरता र अन्योल सिर्जनामात्र गर्न सक्ने बताउनुभयो ।

वर्तमान समय तथा जनताको माग राजनीतिक स्थिरताको साथै विकास र समृद्धि भएको प्रति संकेत गर्दै मुख्यमन्त्री पोखरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘नेपाली राजनीतिमा माओवादी र कांग्रेस मिलेर अस्थिरता र अन्योल सिर्जना गर्न त सक्लान् । तर विकल्प र स्थिरता दिने सामर्थ्य राख्दैनन् ।’

वर्तमान संघ तथा प्रदेश सरकारको विरुद्धमा माओवादी तथा कांग्रेसले अविश्वासको प्रस्ताव ल्याई आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने खेलमा लागेका छन् । तर सरकार विरुद्धको खेलमा लागेपनि माओवादी केन्द्रले संघ तथा प्रदेशमा सरकारलाई दिएको समर्थन भने फिर्ता लिने हिम्मत गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विसं २०७८ साल वैशाख २८ गते मङ्गलबार । इस्वी सन् २०२१ मे ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021