मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौँको माकलबारीमा गएराति बा ७० प ८९८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालक अत्तरखेल बस्ने सिरहाका २२ वर्षका सोनाम मुखियाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै भक्तपुरको राधेराधे नजिकै गएराति बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने काभ्रेको धुलिखेल नगरपालिका १० का ३२ वर्षका महेश शाह ठकुरीको भक्तपुरको थिमिमा रहेको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक २२ वर्षका महेन्द्र शाह ठकुरीको अहिले मध्यपुर अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतमा एमालेकै माधव नेपाल समूहका २८ जना सांसदहरुले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021