ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

सिरहा, १ बैशाख । सिरहाको लहान–ठाडी सडकखण्डमा लहान नगरपालिका–१९ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स१त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका–१९ निवासी अजय यादवका अढाई वर्षीय छोरा आंशिक यादवको मृत्यु भएको हो । 

आफ्नै घर अगाडि खेलिरहेका बालकलाई ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल ।  मेष : प्रतिस्पर्धामा विजयी बन्ने योग छ। मन खुशी

नारायणगढ, ६ बैसाख । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत

काठमाडौँ, ६ बैशाख । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड