एमाले केन्द्रीय सदस्य सोम मिश्रद्वारा माधव समूह परित्याग

काठमाडौँ, २६ चैत । नेकपा एमालेमा केन्द्रदेखी स्थानीय तहसम्म नै समानान्तर गतिविधि सञ्चालन गरिरहेका माधवकुमार नेपाल समूह खडेरी लाग्ने क्रम तिव्र बनेको छ । प्रायः दैनिक जसो एक पछि अर्को शक्तिशाली नेताले आफ्नो साथ छोड्दै गएपछि उक्त समूहमा कार्यकर्ता त रहने सम्भावना नरहेपनि नेता समेत नहुने प्रायः निश्चित जस्तै बनेको छ ।

एमालेलाई एक ढिक्का बनाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने वर्तमान समयको माग र आवश्यकता रहेको औंल्याउँदै गुट र फुटले विकास र समृद्धिको सपना पुरा हुन नसक्ने भन्दै गुटगत गतिविधि सञ्चालन गरिरहेका माधव समूह परित्याग गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा नेता तथा कार्यकर्ता खुलेर नै अगाडी बढ्न थालेका छन् । मिश्रले पार्टीका महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश बस्नेतलगायत टोलीसँग छलफल गरी एमालेलाई एक ढिक्का बनाई अगाडी बढ्ने प्रतिबद्दतासहित माधव समूह परित्याग गरी अध्यक्ष ओली पक्षमा आएका हुन् ।

यसै क्रममा माधव समूहका एक विशेष व्यक्तिको रुपमा परिचित रहेका एमालेका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले समेत माधव समूह परित्याग गरी अध्यक्ष ओली पक्षमा खुलेका छन् । माधव समूहले समानान्तर कमिटी गठन गर्दा प्रमुख मिश्रलाई जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिइएको थियो । त्यसमा मेयर मिश्र असहमति प्रकट गरेका थिए । तत्कालिन समयमा एमाले र माओवादी केन्द्र एकिकृत भई बनेको नेकपा हुँदा समेत नगरप्रमुख मिश्र जिल्लाको सहइन्चार्जको रुपमा रहेका थिए ।

पार्टीभित्र चरम गुटवन्दी तथा समानान्तर गतिविधि गरेका कारण माधव समूहसँग असहमति जनाउँदै उनले ओली पक्षमा खुल्ने निर्णय गरेको उनी निकट स्रोतबाट बुझिएको छ । पार्टीलाई एक ढिक्का बनाई निर्वाचनको समयमा जनतासामू गरिएका प्रतिवद्धताहरुलाई पुरा गर्नुपर्नेमा जोड दिएका छन् । गुट र फुटले राजनीतिक भविष्य अन्धकार हुने भन्दै एकतावद्ध पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा उनको जोड रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक