सामाजिक सञ्जालमा लेख्दा ५ वर्ष जेल सजाय विधेयक पेस हुँदै

काठमाडौँ, २६ चैत । सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागिएको हो ।

सरकारकै चाहनाअनुसार समितिले विधेयक अघि बढाएको कांग्रेस सांसदहरू बताउँछन् । समितिले पारित गरेको प्रतिवेदनअनुसार कानुन बनेमा अनलाइनमा समाचार लेखेकै आधारमा त्यसका सञ्चालक र पत्रकार, त्यही समाचार सामाजिक सञ्जालमा सेयर गरेको र आफ्नो विचार लेखेकै आधारमा सर्वसाधारण जेल जानुपर्ने हुन सक्छ ।

सरकारले ल्याएको विधेयकलाई कांग्रेस सांसदको विरोध हुँदाहुँदै समितिबाट माओवादी र एमाले सांसदले बहुमतका आधारमा २०७६ पुस दोस्रो साता पारित गरेका थिए । विधेयकका प्रावधान संविधानको मर्म र भावनाविपरीत हुनुका साथै यसले नागरिकको स्वतन्त्रता र मौलिक हक हनन गर्ने भएकाले कांग्रेस विधेयकको विपक्षमा रहेको सांसद सञ्जय गौतमले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट