रोल्पा, २६ चैत । रोल्पा जिल्लाको लुंग्री गाउँपालिका–७ हार्जङका वडाध्यक्ष कर्णबहादुर रोकाको भीरबाट खसेर मृत्यु भएको छ ।
छिमेकी गाउँ खुङबाट हार्जङस्थित वडा कार्यालयबाट घर फर्कंदै गर्दा अध्यक्ष रोकाको खसेर मृत्यु भएको हो । खुङमा भएको जग्गा विवादको छलफलमा भाग लिई फर्कनेक्रममा अध्यक्ष खसेको बाटो निकै साँघुरो भएको प्रहरीले जनाएको छ ।
६५ वर्षका अध्यक्ष रोका बाटोबाट खस्नेबित्तिकै कुलोको पानीमा डुब्न पुगेका थिए । उनलाई गम्भीर घाइतेको अवस्थामा उद्धार गरिए पनि मृत्यु भएको बताइएको छ । माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित उनी साविकको हार्जङ गाविसका पूर्वअध्यक्ष समेत थिए ।