बजेट र योजना बाँडफाँडमा विभेद गरिएको छैन: मुख्यमन्त्री पौडेल

हेटौंडा, २५ चैत । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान रुपमा बजेट तथा योजनाको बाँडफाँड गरेको बताउनुभएको छ ।

प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै बजेट तथा योजनाको बाँडफाँड गरेको बताउनुभएको छ । आर्थिक मापदण्ड तयार पारी प्रदेशभित्र इन्धनबाट चल्ने सबै प्रकारका सवारी साधनलाई निषेध गर्दै अब विद्युतीय बस सञ्चालन गर्ने प्रक्रिया शुरु गरिसकिएको जानकारी गराउँदै सो अभियानमा प्राविधिकले दिएको राय सुझावअनुसार बस सञ्चालन गर्ने रुट निर्धारण गरिसकिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले हेटौंडाबाट संघीय राजधानी काठमाडौँलगायत प्रदेशका विभिन्न जिल्लाका शहरमा जोड्ने विद्युतीय बस सञ्चालनका लागि प्रथम चरणमा ३० वटा बस खरिदका लागि बोलपत्र आह्वान गरिसकिएको जानकारी दिनुभयो । विद्युतीय बस सञ्चालनका लागि अहिले त्रिभुवन राजपथ, नारायणगढदेखि काठमाडौँलगायत १० शहरमा ५० विद्युत चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले बोलपत्र आह्वान गरिसकेको र केही महिनाभित्रै चार्जिङ स्टेशनको निर्माण भइसक्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप