मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

कैलाली, २५ चैत । कैलालीको टीकापुर नगरपालिका–१, टीकापुर पार्कमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ८ बजे नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट टीकापुर नगरपालिका १० बस्ने ६० वर्षीया पद्मा साउदको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप