आजको मौसम

काठमाडौँ, २५ चैत । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत अन्य केही पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य धेरै भू–भागमा तुवांलो लागेको छ  ।

त्यस्तै आज दिउसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत

काठमाडौँ, ५ जेठ । विधायिकी भूमिकामा रहेका सांसदले आर्थिक परिचालन गर्दा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने भन्दै सर्वोच्च अदालतले समेत रोक

काठमाडौँ, ४ जेठ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ७९ अङ्कले घटेर २ हजार ६०९ दशमलव ०५ विन्दुमा झरेको