नेपालीलाई कोरिया खुकुलो बनाइयो

काठमाडौँ, २५ चैत । दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुुुकुुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्थालाई अति संवेदनशील (रेडजोन)बाट हटाएर संवेदनशील (एलोजोन)को सूचीमा राख्नुु ‘ग्रिन सिग्लन’ भएकाले खुकुलो बनाएको बताए । दक्षिण कोरियाको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जाने तयारीमा रहेका युवाको बाटो खुल्ने उनले बताए ।

दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइसकेका १२ हजार बढी छन् । दक्षिण कोरियाले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौतामा आई रोस्टरमा परेका ती सबै युुवा दक्षिण कोरिया जान पाउने उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप