८ महिनामा व्यापार घाटा ८ खर्ब ६३ अर्ब

काठमाडौँ, २५ चैत । गत फागुनसम्मको अवधिमा कुल ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको सामान आयात भएको छ । चालू आर्थिक वर्षको पहिलो ८ महिना अर्थात् साउनदेखि फागुनसम्ममा गतवर्षको तुलनामा २.१४ प्रतिशतले बढेर सामान आयात भएको हो ।

गतवर्षको सोही अवधिसम्ममा ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार रुपैयाँको आयात भएको थियो । आठ महिनामा निर्यात भने ७.८४ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार फागुनसम्ममा कुल ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ७३ अर्ब ९० करोड ७९ लाखको निर्यात भएको थियो ।

आयात निर्यातको हिसाबले नेपाललाई ८ महिनाको अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख ८९ हजार रुपैयाँको व्यापार घाटा भएको छ । गत वर्ष सो अवधिमा ८ खर्ब ४९ अर्बको व्यपार घाटा भएको थियो । भन्सार विभागका अनुसार ८ महिनामा १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख रुपैयाँको व्यापार कारोबार भएको छ । गतवर्ष यो ९ खर्ब ९९ अर्ब थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।